स्ववियु निर्वाचन: सिन्धुलीमा नेविसंघबाट १ सभापति निर्विरोध ६ क्याम्पसमा प्रतिस्पर्धा

सिन्धुली । चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न क्याम्पसमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भइरहेका छन् ।
सिन्धुलीको लाम्पान्टार बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघका स्ववियु सभापति श्यामकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएको नेविसंघले जनाएको छ ।
नेविसंघ सिन्धुलीका सभापति भरत विश्वकर्माका अनुसार, अन्य क्याम्पसहरु सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारमा मिलन भुजेल, गौमती बहुमुखी क्याम्पसमा विकास तामाङ, भिमज्योती शिक्षा क्याम्पस खुर्कोटमा खुशबहादुर दाहाल (अञ्जन), कमला बहुमुखी क्याम्पस दुधौलीमा सुशील कपडी, सरस्वती क्याम्पस डकाहामा तुलसा बराल र सुनकोशी क्याम्पस झाँगाझोली रातमाटामा पृथ्वी विक्रम थापा सभापतिको उमेद्वार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेविसंघले सिद्धज्योति,गौमती, भीम ज्योति र सुनकोसीमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकार संग एक्लै प्रतिस्पर्धा गर्दै छ। भने मरिण बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुसंग गठबन्धन गरेर चुनावी मैदानमा होमिएको छ।
यता जिल्लाकै ठुलो सिन्धुली बहुमुखी क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया