निजामती कर्मचारी संगठनको केन्द्रमा ३ सिन्धुलीयन निर्वाचित

सिन्धुली । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समितिमा सिन्धुलीका तीन जना निर्वाचित भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको काठमाडौँ मा सम्पन्न बाह्रौँ महाधिवेशनमा सिन्धुली जिल्लाबाट बागमती प्रदेशको सह-इन्चार्जमा पुरुषोत्तम दाहाल, मधेस प्रदेशको सह-इन्चार्जमा फडिन्द्र ढुंगेल र केन्द्रीय सदस्यमा पदम मगर निर्वाचित भएका हुन ।
काठमाडौँ शनिवार सर्वसम्मत नेतृत्व चयन गरी सम्पन्न भएको थियो । महाधिवेशनले भवानी दाहाललाई पहिलो महिला अध्यक्षका रूपमा निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभास प्रसाद शाह निर्वाचित भएका छन् ।
उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी, विजया लक्ष्मी सुवेदी निर्वाचित भए भने महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित भएका छन् । उपमहासचिवमा वामदेव ओली, सूर्यबहादुर कुँवर, कमला दाहाल, सचिवमा देवी पराजुली, राजबहादुर पछाई, टीपी भण्डारी, ओम कढायत, गोविन्द अधिकारी निर्वाचित भए । यस्तै कार्यालय सचिवमा पदमबहादुर शाही निर्वाचित भए ।
प्रदेश इन्चार्जमा धुव्र बहादुर कार्की (कोशी), नौंतम पोख्रेल (मधेस), विष्णु अर्याल (बागमती), भरत भुसाल (गण्डकी), कविसिंह कठायत (लुम्बिनी), तुलाराम गिरी (कर्णाली), प्रकाशबहादुर खड्का (सुदूरपश्चिम) र गणेशप्रसाद आचार्य (उपत्यका विशेष प्रदेश) निर्वाचित भएका छन् ।
महाधिवेशनबाट लेखा परीक्षण आयोगको संयोजकमा गोकर्ण कोइराला र सचिवमा राजेन्द्र कार्की, अनुशासन आयोग संयोजकमा अम्बिका धमला, सचिवमा शंकर भट्टराई, नीति अनुसन्धान आयोग संयोजकमा कमलबहादुर खत्री, सचिवमा काशीराम आचार्य, विज्ञान प्रविधि आयोग संयोजकमा विष्णुकुमारी अधिकारी, सचिवमा कवि तिम्सिना निर्वाचित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया