कांग्रेसनिकट कर्मचारी युनियन सिन्धुलीको अध्यक्षमा पोखरेल

१३ माघ २०८१, सिन्धुली । नेपाली कांग्रेसनिकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा दिनेश कुमार  पोखरेल निर्वाचित भएका छन् ।
कर्मचारी युनियनको शनिवार सिन्धुलीमाढीमा भएको ९ औँ जिल्ला अधिवेशनबाट पोखरेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति  निर्वाचित भएका हुन ।
कार्यसमिति  उपाध्यक्ष खुला युवराज खड्का, उपाध्यक्ष महिला रिता खड्का, समावेशी उपाध्यक्ष रत्न तामाङ, सचिव दीपकराज अधिकारी, सहसचिव नवराज गौतम र कोषाध्यक्ष जगदीश विक्रम कार्की निर्वाचित भएका छन् ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा राजकुमार महतरा, कल्पना अधिकारी, भरत जंग थापा, जयन्त कार्की र सूर्यप्रसाद घिमिरेलाई निर्वाचित गरेको छ भने प्रदेश प्रतिनिधिमा होमराज घिमिरे, कुमार थापा, हेरम्बराज अधिकारी, समीर पौडेल र सावित्री थपलिया निर्वाचित भएका छन् ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर