सिन्धुली आइपुगेर अग्नि सापकोटाले भने- प्रधानमन्त्री ओली आफ्नै कार्यकर्तासँग डराए….

सिन्धुली । नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली आजभोलि आफ्नै पार्टी र कार्यकर्ता सँग डराउन थालेको बताए ।
माओवादी केन्द्र मरिण गाउँपालिका कमिटीको दोस्रो अधिवेशनमा सहभागी हुन सिन्धुली आइपुगेका सापकोटाले प्रेस सेन्टर नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाटमा सो कुरा बताएका हुन्।
पूर्व सभामुख समेत रहेका माओवादी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले काँग्रेस गठबन्धन सरकार उँधो गतितर्फ लागेको बताए । उनले भने, ‘ सकरकारको उपस्थिति सेवा प्रवाहमा, सुशासन कायम गर्ने कुरामा, भ्रष्टचार नियन्त्रण गर्ने कुरामा उपस्थिति करिब करिब शून्य नै छ । तर, राम्रा , कर्मचारी, राम्रा मान्छेहरू तिनीहरूलाई एकपछि अर्को दुःख दिने, ह्यारसमेन्ट गर्ने काम भएको छ।’ अहिले प्रधानमन्त्रीको हालत के देख्छु भने, एउटा मूर्ख सिकर्मीले औजार सँग झगडा गर्छ रे ! भन्नुको अर्थ त्यो औजारलाई त साँध लगाउनु पर्छ । हर साँध अर्जाप्नु पर्छ र पो काट्ने हुन्छ । उहीसित झगडा गरेर त ! मैले अब धेरै भन्नु पर्दैन होला ? कि न भने उहाँ आफ्नै नेताहरूसँग असन्तुष्ट हुनुहुन्छ । आफ्नै कार्यकर्ताहरू सँग असन्तुष्ट हुनुहुन्छ । कर्मचारीहरू सँग असन्तुष्ट हुनुहुन्छ । मन्त्रीहरूसँग असन्तुष्ट हुनुहुन्छ । यसको कुरा के हो भने अब दिन प्रतिदिन यो गठबन्धन सरकार अधोगति तिर जाँदै छ । यो सरकार त अधोगति तिर जान्छ नै तर सोच्नु पर्ने कुरा के छ भने पहिलो र दोस्रो पार्टी मिलेर बनेको सरकार त लामो समय नै जान्छ । तर देश भयानक ठुलो अराजकता तिर, भयानक ठुलो एउटा अनुशासनहीन तिर जाने खतरा छ । त्यस कारण समय मै हामीले त्यता तिर जान नदिनको लागि हामी सही ढंगले अगाडी बढ्नुपर्छ । एउटा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया