अब राजन दाहालसँग भिड्ने मुडमा सिन्धुली एमाले

सिन्धुली । एमाले सिन्धुलीको निशाना अब सांसद लेखनाथ दाहाल (राजन) तर्फ सोझिएको छ । सिन्धुलीबाट निर्वाचित माओवादी सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले विरुद्ध निरन्तर भ्रामक, अनर्गल दुष्प्रचार गरेको भन्दै सामूहिक प्रतिवाद गर्ने घोषणा गरेको छ ।
एमाले सिन्धुली पौष ४ र ५ गते दुधौलीमा बसेका चौथो पूर्ण कमिटीको बैठकले सिन्धुलीबाट निर्वाचित माओवादी सांसद लेखनाथ दाहाल (राजन) ले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायत सिङ्गो नेकपा एमाले विरुद्ध कपोकल्पित भ्रामक, अनर्गल दुष्प्रचार गरी चर्चामा आउनका लागि अनेक तिकडम गर्दै आएको भन्दै, जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले प्रतिबाद गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले राखेको उक्त प्रस्ताव जिल्ला कमिटीले ध्वनी मत सहित जिल्ला कमिटीले अनुमोदन गरेर सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।
सांसद दाहालले आफ्नो पदीय मर्यादा भुलेर सिन्धुली जिल्ला कै बेइज्जत गर्ने गरी क्रियाकलाप गरेको भन्दै एमालेले खेद व्यक्त गरेको छ । साथै उनको गतिविधिको डटेर प्रतिवाद गर्न सम्पूर्ण पार्टी पंतिलाई परिचालन गर्ने जनाएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया