सिन्धुलीबाट अलपत्र १७ यात्रुको उद्धार

सिन्धुली । अविरल वर्षासँगै आएको बाढी र पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका १७ यात्रुको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सोलुखुम्बु, ओखलढुङगा, खोटाङ र भोजपुरबाट काठमाडौ हिडेका बाटोमै अलपत्र परेका यात्रुहरूलाई सिन्धुलीको फिक्कल गाउपालिका- ४ खाङ्साङबाट नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिइको सिन्धुली प्रहरी प्रमुख एसपी गोबिन्दराज काफ्लेले जानकारी दिए ।

शुक्रबारदेखि  अलपत्र रहेका ८ बिरामी सहित अन्य बालबालिका ,बृदबृदा लगायत १७ जनालाई आज दिउसो १ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं पठाएको एसपी काफ्लेले बताए ।

यसैबीच बिपि राजमार्ग अन्तर्गत नेपालथोक-मंगलटारमा अलपत्र पेरेका ३५ यात्रुहरूलाई गोरेटो बनाएर नेपालथोक तर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

विपदमा परेका नागरिकहरूको उद्धारको लागि डिएसी अनिल कुमार खड्काको नेतृत्वमा फिक्कल देखि दुम्जा सम्म १ सय १० जना प्रहरी परिचालन गरिएको छ ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर