एमाले सिन्धुलीले मनायो ४६ औं पुष्पलाल स्मृति दिवस

सिन्धुली ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस सोमवार सिन्धुलीमा मनाइएको छ ।

नेकपा एमाले सिन्धुलीले आज बिहान सिन्धुलीमाढी स्थित जिल्ला पार्टी कार्यालयमा पुष्पलालको फोटमा माल्यार्पण गरी स्मृति दिवस मनाएको हो ।

कार्यक्रममा (नेकपा) का तत्कालिन सस्थापक एवम् जेष्ठ कम्युनिष्ट कृष्णहरि अधिकारी, केन्द्रीय कमलजंग राई, प्रदेश सदस्यहरु क्रमशः  विनोद खड्का प्रदीप कटुवाल, रश्मिला देवकोटा, प्रलाद पोखरेल, निर्मल कुमार रम्तेल,  जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्णबहादुर घसिङ सचिव नवराज थिङ र नेपाली कांग्रेस सिन्धुलीका सचिव ईश्वर बस्नेत, एमाले सिन्धुलिका सहसचिव द्वय दीपेश बराल, पार्वती भट्टराई गायत नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर