सिन्धुलीका घिमिरे कांग्रेस संसदीय दलको प्रमुख सचेतक

सिन्धुली । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीका श्यामकुमार घिमिरे मनोनित भएका छन् ।

कांग्रेस दलका नेता शेरबहादुर देउवाले शनिबार घिमिरेलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका घिमिरे गत आम चुनावमा सिन्धुली -१ बाट निर्वाचित भएका थिए ।

यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका छन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर