एमालेले टुंग्यायो ५ जना मन्त्रीको नाम, सम्भावितमा को-को छन् ?

काठमाण्डौ । नेकपा एमालेले पाँच जना मन्त्रीको नाम लगभग टुंग्याएको छ । सत्तारूढ दल नेपाली कांग्रेससँगको सहमतिअनुसार आफ्नो भागमा परेका आठ वटा मन्त्रालय मध्ये पाँच मन्त्रीको नाम एमालेले टुंग्याएको हो ।
जसअनुसार बिष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठलाई एमालेले सरकारमा पठाउने निश्चित भएको स्रोतले बतायो ।
त्यस्तै एमालेबाट सम्भावित मन्त्रीहरुमा पदम गिरी, जुलि महतो, विद्या भट्टराई र वलराम अधिकारी छन् । त्यस्तै यता सुदूरपश्चिम प्रदेशबाट दामोदर भण्डारी र तारा लामालाई सम्भावित मन्त्रीको सुचीमा राखिएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ११ बजे शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया