वडा सदस्य माझीको निधन, कमलामाईमा शोक विदा

४ फागुन २०८१ सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले वडा सदस्यको निधन भएपछि शोक बिदा दिएको छ ।

कमलामाई नगरपालिका-१  को वडा  सदस्य  केशव बहादुर माझीको निधनमा आज (आइतवार) शोक विदा दिएको हो ।

२०८१ माघ २० गतेको दुर्घटनामा परी  घाइते भएका वडा नम्बर १ कुण्ड निवासी सदस्य माझीको उपचारको क्रममा आज विहान निधन भएको हो । स्थानीयतह निर्वाचन २०७९ मा  नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । स्वर्गीय माझीको निधनमा शोक मनाउन आज कमलामाई नगरपालिका तथा मातहतका कार्यालयहरू एवं शैक्षिक संस्थाहरू सबै बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकालले जारी गरेको सुचनामा जनाईएको छ ।

नगरपालिकाले समवेदना प्रकट गरि स्वार्गीय माझीको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा शोकलाई समन गर्न सक्ने शक्ति मिलोस भन्ने प्रार्थना समेत गरेको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर