खुर्कोट पुलबाट सुनकोसीमा हाम फालेका संग्रौला बेपत्ता

सिन्धुली ।गोलन्जोर गाउँपालिकाका ७ खुर्कोटमा रहेको पुलबाट सुनकोसीमा हाम फाल्दा विष्णु प्रसाद संग्रौला बेपत्ता भएका छन्।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजारबाट रामेछाप जाने पुलबाट हाम फालेका संग्रौला बेपत्ता भएका हुन्।
काठमाडौँ महानगरपालिका–६ बौद्धका विष्णु प्रसाद संग्रौला शुक्रवार राति १० बजे सुनकोसीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिए।
संग्रौलाले सुनकोसीमा हाम फालेको देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय खुर्कोटलाई जानकारी दिएको एसपी काफ्लेले जानकारी दिए। उनका अनुसार घटनास्थलमा बेपत्ता भएका संग्रौलाले बोकेको एक थान मोबाइल भेटिएको छ भने नदीमा हाम फाल्नुका कारण समेत खुलेको छैन । हाल: उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया