पराजित फिरङ्गिको नामले सम्पदाको परिचय निर्माण गर्नु दुर्भाग्यपूर्णः थापा

सिन्धुली। नेकपा एमालेका केन्द्रीय सदस्य मनोज जंग थापाले युद्धमा पराजित फिरङ्गिको नामले सम्पदाको परिचय निर्माण गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
कमलामाई नगरपालिका २ को चियाबारीदेखि सिन्धुलीगढीसम्मको पुरानो पैदल बाटोलाई नगरापलिका र सेनाले क्याप्टेन किनलक मार्ग नामकरण गरेको विषयमा थापाले सामाजिक सञ्जाल मार्फत गंभीर आपत्ति जनाएका हुन्।
उनले , सिन्धुली गढीको युद्धमा सम्राज्यबादी फिरङ्गी विरुद्ध हाम्रो पुर्खाहरुले प्राप्त गरेको बिजयले गर्दा आज हामी गौरवपुर्ण इतिहास सहितको सधै स्वतन्त्र र स्वाधीन राष्ट्रको नागरिक हुन पाएको भन्दै, यस्ता अवाञ्छित गतिविधि रोक्न कमलामाई नगरपालिका र नेपाली सेनालनई आग्रह गरेका छन्।
सामाजिक सञ्जालबाट थापाको भनाई जस्ताको तस्तैः
आदरणीय महानुभावहरु
सिन्धुली गढीको युद्धमा सम्राज्यबादी फिरङ्गी विरुद्ध हाम्रो पुर्खाहरुले प्राप्त गरेको बिजयले गर्दा आज हामी गौरवपुर्ण इतिहास सहितको सधै स्वतन्त्र र स्वाधीन राष्ट्रको नागरिक हुन पाँएका छौँ। त्यसैले इतिहासले दिएको यो गौरवगाथालाई अझै उच्च बनाउने हामी सबैको कर्तब्य बन्नु पर्दछ ।परन्तु स्पराजित फिरङ्गिको नामले यस क्षेत्रको सम्पदाको परिचय निर्माण गर्नु दुर्भाग्यपूर्ण कार्य हो र इतिहासको न्यूनीकरण तथा भ्रष्टिकरण हो। तसर्थ यो कार्य तुरुन्तै बन्द गरियोस। साथै सिन्धुली गढी युद्धको इतिहास लेखनलाई बृहत अध्यन, अनुसन्धान र सबैको सहभागिता तथा सहमतिमा पुर्णता दिऔं। हाम्रो परिचय प्रदान गर्ने धरोहरको संरक्षण गरौं!
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया