सुनकोशीमा डुबेर दुई बालकको मृत्यु

सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिका–५ स्थित सित्खामा सुनकोशी नदीबाट छुट्टिएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्रबहादुर सिंहका अनुसार मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–४ घर भई हाल वडा नं. ३ बोहोरेटार बस्दै आएका ९ वर्षीय सफल पुलामी मगर र सुनकोशी–५ बन्दीपुर घर भई हाल बोहोरेटार बस्ने १० वर्षीय युकेस बिक रहेका छन्।

प्रहरीका अनुसार दुवै बालक नुहाउने क्रममा बेपत्ता भएका थिए। खोजीका क्रममा उनीहरूको शव नुहाएको स्थानबाट करिब १५० मिटर पूर्वतर्फ सुनकोशी नदी किनारमा फेला परेको हो।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट उद्धार सामग्रीसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर