सिन्धुली–१ मा प्रतिनिधिसभा निर्वाचन: १२ जनाको उम्मेदवारी दर्ता

सिन्धुली । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सिन्धुली क्षेत्र नम्बर–१ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार सम्पन्न उम्मेदवारी दर्ता प्रक्रियामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १२ जनाको मनोनयन परेको हो।

मुख्य निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार सिन्धुली–१ मा नेपाली कांग्रेसबाट उज्ज्वल प्रसाद बराल, नेकपा एमालेबाट प्रदीप कुमार कटुवाल क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीबाट डेकेन्द्र प्रसाद सुवेदी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनेन्द्र कार्कीले उम्मेदवारी दिएका छन्।

यसैगरी उज्यालो नेपाल पार्टीबाट मोतिलाल तामाङ, नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र बखुन्छे, मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर घलान, श्रम संस्कृति पार्टीबाट निमबहादुर मोक्तान, राष्ट्रिय परिवर्तन पार्टीबाट सन्तोष कुमार सुनुवार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राम नारायण अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी नेकपा माओवादीबाट शुसिल हमाल र अमृत बहादुर विकले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत विष्टले जानकारी दिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर