२५८ औं सिन्धुलीगढी विजय उत्सवः भोली कमलामाई नगरपालिकामा विदा
सिन्धुली, कात्तिक २३ । ऐतिहासिक सिन्धुलीगढी विजय उत्सवको २५८ औँ वार्षिकोत्सवको अवसरमा कमलामाई नगरपालिकाले सोमबार, कात्तिक २४ गते स्थानीय विदा दिने निर्णय गरेको छ।
नगरपालिका कार्यालयका अनुसार, कात्तिक २१ गते बसेको कार्यपालिकाको बैठकले उत्सव भव्य रूपमा मनाउने निर्णय गरेको थियो। यसअनुसार सोमबार नगरपालिका कार्यालय र मातहतका कार्यालयहरूमा आकस्मिक र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने जानकारी प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले दिएका छन्।
भट्टराईका अनुसार नगरपालिका अन्तर्गतका शाखा, उपशाखा, स्वास्थ्य चौकी तथा केन्द्र, वडा कार्यालय, साथै सामुदायिक र निजी विद्यालयहरूमा पनि स्थानीय विदा रहनेछ।
सिन्धुलीगढी विजय उत्सव २०६७ सालदेखि नेपाल पत्रकार महासंघ, सिन्धुलीको अगुवाइमा मनाउन सुरु भएको हो। प्रत्येक वर्ष कार्तिक २४ गते सिन्धुलीगढीको युद्धमा गोर्खाली सेनाले ब्रिटिश फौजलाई परास्त गरेको सम्झनामा मनाउँदै आएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया