सिन्धुलीमा ट्रकको ठक्कर : एक पैदलयात्रीको मृत्यु, एक घाइते

सिन्धुली, २० भदौ । सिन्धुलीको कमलामाई नगरपालिका–९ बेथाचौडी नजिक आज बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले बिहान करिब ६ बजे ठक्कर दिँदा स्थानीय ४६ वर्षीय भुवन भुजेल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बिहान ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सो घटनामा स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते भएका छन्। उनको टाउको र छातिमा चोट लागेकाले बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर