न्यायाधीश सरुवा: पौडेल कपिलवस्तु पुगे, सिन्धुलीमा विष्ट

सिन्धुली, ३० श्रावण / प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्यायपरिषदको बैठकले जिल्ला र उच्च अदालतका २१० न्यायाधीशको एकै पटक सरुवा गरेको छ। यसमा १२२ जिल्ला न्यायाधीश र ८८ उच्च अदालतका न्यायाधीश समावेश छन्।
सरुवा सूचीअनुसार विशेष अदालतका अध्यक्ष र चार सदस्य पनि सरुवा भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएका छन् भने उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्ष बनाइएको छ।
सिन्धुलीमा पनि न्यायिक सरुवा भएको छ। सिन्धुली जिल्ला अदालतका जिल्ला न्यायाधीश रमेश शर्मा पौडेल कपिलवस्तु पठाइएका छन् भने तनहुँका जिल्ला न्यायाधीश कमलराज विष्टले सिन्धुली जिल्ला अदालतमा जिम्मेवारी सम्हाल्ने छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया