ओत लाग्न बसेको सालको रुख ढल्यो — दुईको ज्यान गयो, तीन घाइते!
 													सिन्धुली, १६ साउन — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, बस्तीपुरमा शुक्रबार दिउँसो भएको दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
लगातारको वर्षासँगै आएको पहिरोले सालको रुख उखेलेर टहरोमाथि ढलेको थियो। उक्त टहरोमा वर्षाबाट बच्न ओत लागिरहेका बालबालिकामाथि रुख खस्दा घटना भएको हो।
दुर्घटनामा १६ वर्षीया सन्ता गोले र ९ वर्षीय सार्की थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
घटनामा गम्भीर घाइते भएका १४ वर्षीया सिर्जना माया र १५ वर्षीया सन्ध्या भोलन प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौंडा रेफर गरिएको छ। भने ७ वर्षीय सुशील थिङको पाँचपाण्डव पोलिक्लिनिक झुरझुरेमा उपचार भई रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार ती बालबालिका भीषण पानी परेपछि टौवामा ओत लाग्न बसेका थिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
								
 © माईशिर डटकम
							


 											
 											
 											
 											
 											
 
 
 
फेसबुक प्रतिक्रिया