पौवागढीमा मृत भेटिएका पुरुष कुलोखोलाका थापा भएको पुष्टि

सिन्धुली, असार २५ / सिन्धुलीको कमलामाई नगरपालिका–२, पौवागढीस्थित बीपी राजमार्ग नजिकै मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको छ। मृतक कमलामाई नगरपालिका–१०, कुलोखोला निवासी ३२ वर्षीय प्रदीप राज थापा रहेको प्रहरीले पुष्टि गरेको छ।
मंगलबार (हिजो) दिउँसो सडकबाट झण्डै २५ फिट तल एक युवक मृत भेटिएको सूचना पाएपछि चौकीगढी (खनियाखर्क) बाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धान गरी शवको सनाखत थापाकै छिमेकी रमेश आलेमार्फत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
थापा गत असार १९ गतेदेखि बेपत्ता थिए। परिवारजनले इलाका प्रहरी कार्यालय भिमानमा खोजतलासका लागि निवेदन दिएका थिए भने जिल्ला प्रहरी कार्यालयबाट समेत खोजी कार्य भइरहेको थियो। डिएसपी सुवेदीले माईशिर डटकमसंग बताए ।
प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।