गाउँपालिकाले सहयोग नगरे फोहोर अध्यक्ष र उपाध्यक्षको कार्यालयमै खन्याउँछौं — अध्यक्ष देवकोटा

गोलन्जोर गाउँपालिकालाई डम्पिङ साइटको माग गर्दै खुर्कोट बजार व्यवस्थापन समितिको चेतावनी

सिन्धुली, २४ असार /  यदि गाउँपालिकाले सहयोग गरेन भने हामी फोहोर अध्यक्ष र उपाध्यक्षको कार्यालयमै खन्याउँछौं ।”  यो आक्रोश हो, गोलन्जोर गाउँपालिका अन्तर्गतको खुर्कोट बजार व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता शेरबहादुर देवकोटाले चेतावनी दिएका छन्।

आइतबार सम्पन्न गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै देवकोटाले खुर्कोट बजारको फोहोर हाल अस्थायी रूपमा विपी राजमार्ग छेउको कानढुंग्री क्षेत्रमा फालिँदै आएको तर वातावरण प्रदुषण र दुर्गन्ध फैलिएको भनेर यात्रुहरू तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट आलोचना बढ्दै गएको जनाए।

“गाउँपालिकाले समयमै डम्पिङ साइटको व्यवस्था गरेन भने बाध्य भएर हामीले फोहोर पालिकाकै कार्यालयमा फाल्नुपर्छ,” देवकोटाले स्पष्ट रूपमा भने।

उनले स्थायी डम्पिङ साइटको खोजी गरी फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न गाउँपालिकालाई आग्रह गरे।

गाउँपालिका अध्यक्ष शंकरराज बरालले भने फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा पहिचान भइसकेको जानकारी गराउँदै सो स्थानसम्म सडक निर्माणको काम अघि बढाइने र स्थायी समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर