सिन्धुलीमा स्कुटर दुर्घटना : उपचारका लागि काठमाडौं लैजाँदा रितेशको बाटोमै मृत्यु

सिन्धुली, २२ असार । सिन्धुलीको कमलामाई नगरपालिका–७ फिटिङपुल नजिक मंगलबार भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका एक किशोरको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

मृतक १५ वर्षीय रितेश जोन्छे ललितपुर महानगरपालिका–२९ स्थायी घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका–६ रातमाटामा डेरा गरी बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनले आफैंले चलाएको स्कुटर (प्रदेश ३–०२–०२३ प ८७५७ नम्बर) तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खस्दा दुर्घटना भएको हो।

दुर्घटना मंगलबार दिउँसो ४ बजेर १५ मिनेटतिर भएको जनाइएको छ। घाइते रितेशलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिन्धुलीमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो। चिकित्सकको सल्लाहमा थप उपचारका लागि काठमाडौं लगिने क्रममा एम्बुलेन्सबाट लैजाँदै गर्दा साँझ ८ बजेर ४५ मिनेटतिर सुनकोशी गाउँपालिका–६ खाल्टे नजिकै  पुगेपछि घाइतेको मृत्यु  भएपछि सिन्धुली फिर्ता ल्याएको प्रहरीले जनाएको छ।

स्कुटर सडकबाट तल खसेको र चालकले हेलमेट पनि नलगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर