गोलन्जोर गाउँपालिकाको सार्वजनिक सुनुवाई : ७५ प्रतिशत बजेट खर्च, सेवा प्रवाहबारे प्रश्न

सिन्धुली २२ असार / गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि हालसम्मका विकास निर्माण र सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरेको छ। आइतबार सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

गाउँपालिकाको कुल ५७ करोड १३ लाख ११ हजार ५ सय रुपैयाँ बजेटमध्ये ४३ करोड १२ लाख १८ हजार ८ सय २९ रुपैयाँ ९९ पैसा खर्च भएको छ, जुन कुल बजेटको ७५.४७ प्रतिशत हो। चालुतर्फ ४१ करोड ६२ लाख ३७ हजार ६ सय १४ रुपैयाँ विनियोजन भएकोमा ८०.२ प्रतिशत खर्च भएको छ। पूँजीगततर्फ १५ करोड ५० लाख ७३ हजार ८ सय ८६ रुपैयाँमध्ये ९ करोड ५७ लाख ३२ हजार रुपैयाँ अर्थात ६१.६३ प्रतिशत रकम खर्च भएको जनाइएको छ।

गाउँपालिकाले १ करोड ३८ लाख ८८ हजार ४४८ रुपैयाँ राजस्व संकलन गरेको छ। गाउँपालिका कार्यालयबाट ९७ लाख ३४ हजार ८ सय ८७ रुपैयाँ ५९ पैसा, वडा नं १ डुड्भञ्ज्याङबाट ४ लाख ६२ हजार ९ सय ९७ रुपैयाँ ६१ पैसा, वडा नं २ बितिजोरबाट ४ लाख २३ हजार १ सय ३६ रुपैयाँ ३३ पैसा, वडा नं ३ ग्वाल्टारबाट ७ लाख ९७ हजार ७ सय ३ रुपैयाँ ३३ पैसा, वडा नं ४ तीनकान्यालबाट ५ लाख २३ हजार ६ सय ६२ रुपैयाँ ४८ पैसा, वडा नं ५ रतनचुराबाट ६ लाख ११ हजार ९ सय १७ रुपैयाँ ६४ पैसा, वडा नं ६ बाशेश्वरबाट ३ लाख ९२ हजार ६ सय ३८ रुपैयाँ ४३ पैसा र वडा नं ७ खुर्कोटबाट ९ लाख ४१ हजार ६ सय ५ रुपैयाँ ५ पैसा संकलन भएको विवरण सार्वजनिक गरिएको छ।

अघिल्लो वर्षको तुलनामा स्थानीय तह स्व-मूल्याङ्कन, वित्तीय सुशासन मूल्याङ्कन र कार्यसम्पादन मूल्याङ्कनमा सुधार भएको उल्लेख छ। आर्थिक वर्ष २०७९/८० मा ५८ अंक प्राप्त गरेको स्व-मूल्याङ्कन २०८०/८१ मा ६५ अंकमा पुगेको छ। वित्तीय सुशासन मूल्याङ्कन २०७९/८० मा ६३.५ बाट ७५ अंक पुगेको छ भने कार्यसम्पादन मूल्याङ्कन ३८ बाट ६९.५ अंकमा सुधार भएको छ।

सार्वजनिक सुनुवाईमा उठेका प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले दिएका थिए। अध्यक्षले नागरिकले जुनसुकै बेला सुझाव दिन सक्ने व्यवस्था रहेको बताए। विकासका काम जनताको माग र आवश्यकताका आधारमा अघि बढाइएको दाबी गरिएको छ।

कार्यक्रममा उपाध्यक्ष न्यौपानेले सबैको सहकार्यले मात्रै समृद्ध पालिका सम्भव हुने बताए।

सुनुवाई कार्यक्रममा वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि,  स्थानीय सरोकारवाला, सञ्चारकर्मीका साथै गाउँपालिकामा कार्यरत कर्मचारीहरू सहभागी थिए।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर