सिन्धुलीमा चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सिन्धुली, ३ असार । चुरे उत्थानशील आयोजना कार्यालय, सिन्धुलीले हिजो (सोमबार) चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। “चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई” भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिएको हो।
उक्त कार्यक्रम प्रदेश आयोजना व्यवस्थापन इकाई, चुरे उत्थानशील आयोजना, सिन्धुलीको आयोजनामा तथा श्री माध्यमिक विद्यालय, दुधौली–११ पत्रिङ्गाको समन्वय र सहकार्यमा सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव कटुवालले गरेका थिए भने आयोजना प्रमुख मेघनाथ काफ्ले प्रमुख अतिथि थिए।
वृक्षारोपण कार्यक्रममा चुरे उत्थानशील आयोजना अन्तर्गत बागमती प्रदेश इकाईका प्रमुख चूडामणि खतिवडा, आयोजना तथा अनुगमन अधिकृत प्रलेश बस्नेत, अन्य कर्मचारी, सम्बन्धित वडाका जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत अशोक, धुपी, अम्बा, ज्याकारान्डा, आँप लगायतका करिब २०० वटा बिरुवा रोपिएको आयोजक संस्थाले जानकारी दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया