सिँचाइको लागि बनाइएको पोखरीमा डुबेर सिन्धुलीमा ९ वर्षीया बालिकाको मृत्यु

हरिहरपुरगढी । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–३ बनौलीमा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर एक ९ वर्षीया बालिकाको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ११ बजे घरदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको तिनकुना खोलानजिकको पोखरीमा पौडी खेल्ने क्रममा प्रतिमा राई डुबेकी थिइन्। उनी प्रकाश राईकी छोरी हुन्।

डुबेको अवस्थामा बालिकालाई उनका बुबाले उद्धार गरी तत्कालै उपचारका लागि मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका स्थित सान्भी मेडिकलमा लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मकवानपुर पठाउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर