बर्खा सुरु भएसँगै विपी राजमार्गमा जसोतसो सवारी सञ्चालन, दुर्घटनाको जोखिम

काठमाडौँ,२१ जेठ २०८२ । बर्खा लागेसँगै बीपी राजमार्गमा सवारी सञ्चालन कठिन हुन थालेको छ ।
गत असोजमा आएको बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गमा बर्खा लागेसँगै सवारी सञ्चालनमा समस्या हुन थालेको हो । बीपी राजमार्गको क्षतिग्रस्त खण्डमा जसो तसो खोला तर्काएर सवारी साधन सञ्चालन गर्न थालिएको छ । हिउँद याममा खोलाबाट नै सवारी साधन सञ्चालन गर्ने गरिएकोमा बर्खा लागेसँगै भित्ता साईडमा गेग्रान र ठुला ढुंगा राखेर अस्थायी सडक बनाईएको छ । हाल सोही सडक भएर सवारी सञ्चालन भईरहेको छ ।
बीपी राजमार्ग अन्र्तगत काभ्रेको चौकीडाँडामा दुर्घटनाको जोखिम बढेको छ । पूर्वबाट काठमाडौँतर्फ जाँदा ठाडो उकालो सडक भएकाले दुर्घटनाको जोखिम बढेको हो । उकालो सडकका कारण दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । सो उकालोमा सडकको ग्रेड नमिलेकाले सुधारको काम भईरहेको भक्तपुर डिभिजन सडक कार्यालयका ईन्जिनियर दुर्गा प्रसादले जानकारी दिनुभयो ।
गत असोजमा आएको बाढी पहिरोले काभ्रे भञ्ज्याङ–नेपालथोक खण्डको ११ किलोमिटर सडकमा ठुलो क्षति गरेको थियो । कालोपत्रे सडक बाढीले बगाएपछि त्यसकै तलबाट अस्थायी सडक बनाएर सवारी सञ्चालन गरिएको हो । क्षति भएको खण्डसहित बीपी लोकमार्गको २८ किमी सडकलाई चार वटा प्याकेजमा विभाजन गरेर ठेक्का गरिएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया