सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ मा उपचाररत जीवनलाई आर्थिक सहयोग

सिन्धुली, २१ जेठ । सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ मा रहेको उपचाररत सवारी दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–७, रामपुरका  तेजबहादुर  सिञ्जाली मगरको उपचारमा आर्थिक सहयोग गरिएको छ ।
मङ्गलवार (हिजो) लेखा समूह सिन्धुलीले घाइते सिञ्जालीकी श्रीमती विमला रमौली लाई २१ हजार १ सय २१ रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।
लेखा समूह सिन्धुलीका संरक्षक एवं प्रमुख कोष नियन्त्रक  हरिहर शर्मा तिवारीले चेक घाइते सिञ्जालीकी पत्नी विमलालाई  प्रदान गरेका थिए।घाइतेको आर्थिक अवस्था कमजोर रहेकाले मानवीय आधारमा सहयोग रकम उपलब्ध गराएको लेखा समूह सिन्धुलीका अध्यक्ष पदम बहादुर मगरले जानकारी दिए ।
तेजबहादुर सिञ्जालीलाई २०७९ साल चैत २ गते सिन्धुलीको तीनपाटन गाउँपालिका–२ स्थित गैरीमा गाडीले ठक्कर दिएर गम्भीर घाइते भएका थिए  ।उक्त दुर्घटनापछि  उपचारका लागि तेजबहादुरलाई हेलिकप्टरमा काठमाडौँको हेम्स अस्पताल लगियो, जहाँ १० दिनमा रु १२ लाखभन्दा बढी खर्च भयो। आर्थिक अभावका कारण शिक्षण अस्पताल महाराजगञ्जमा पनि उपचार जारी राख्न नसकेपछि सिन्धुली फर्काइयो।  १४ महिनादेखि सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ मा भर्ना गरेर राखिएको छ। आर्थिक अभावका कारण बिरामीलाई जाउलो खुवाउनसमेत समस्या हुन थालेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर