दुधौलीमा मोटरसाइकल र अटोको ठोक्किएर दुर्घटना, ६ जना घाइते २ अवस्था गम्भीर

दुधौली,१७ जेठ २०८२ । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९  खोरभञ्याङमा  मोटरसाइकल र अटोको ठोक्किँदा ६ जना घाइते भएका छन्।
शनिवार अपराह्न साँढे चार बजे बर्दिबासबाट सुनसरी तर्फ जाँदै गरेको ज ११ प २०५९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको प्र२-०१-००१ ह १००६ नम्बरको अटो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका हुन् ।
घाइतेहरूमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका ५ का २५ वर्षीय अनमोल लिम्बु, मोटरसाइकल मै  सवार सोही ठाउँका २७ वर्षका सागर राई , अटोमा सवार भारत नागरिक अरुण पण्डित, धनुषा नगराइन-५ की अनिता देवी शाह, उनका छोरा अभिमन्यु शाह  र महोत्तरी मठियानी- ४ कि सङ्गीता कुमारी शाह रहेका छन्।
घाइतेहरू मध्ये अनमोल लिम्बु र अरुण पण्डितको अवस्था गम्भीर रहेकोले उनीहरूलाई धरान घोपा अस्पतालमा रिफर गरिएको छ।
अन्य घाइतेहरूको उपचार दुधौली स्थित हेन्डस अस्पताल र नगर अस्पताल सिर्थौलीमा भइरहेको छ।
दुर्घटनाग्रस्त सवारी साधनहरू प्रहरी चौकी दुधौलीको नियन्त्रणमा राखिएको छ। दुर्घटनाको कारण र विवरण थप अनुसन्धान अन्तर्गत रहेको प्रहरीले जनाएको छ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर