प्रेस युनियनको स्थापना दिवसमा अन्तरक्रिया

सिन्धुली। नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको स्थापना दिवसमा अन्तरक्रिया गरेर मनाएको छ।
नेपाल प्रेस युनियन शाखा सिन्धुलीले ३३ औं स्थापना दिवसमा सिन्धुलीमाढीमा अन्तरक्रिया कार्यक्रम गरेर मनाएको हो।
प्रेस तथा अभिव्यक्ति स्रवतन्त्रता रक्षाको लागि सरोकारवालाको भूमिका विषयमाथी बक्ताहरुले आ आफ्नो धारणा राखेका थिए। अन्तरक्रिया कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र पोख्रेल, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, प्रेस चौतारी नेपालका अध्यक्ष वाई पी विनय, प्रेस सेन्टरका अध्यक्ष नविन श्रेष्ठ, पत्रकारहरु विमला पाण्डे रोहित गुरुङ र राधिका बुढाथोकीले आफ्ना धारणा राखेका थिए।
कार्यक्रम प्रेस युनियन सिन्धुलीका अध्यक्ष बरुण लामिछानेको अध्यक्षता भएको थियो । कार्यक्रममा दुई दर्जन भन्दा धेरै पत्रकारहरुको सहभागीता रहेको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया