महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिकः सिन्धुलीका पालिकाको कस्को कति बेरुजू ?

सिन्धुली । महालेखा परीक्षकको कार्यालयले ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले ३१ वैशाखमा प्रतिवेदन सार्वजनिक गरेको हो । यो प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ को हो ।
प्रतिवेदन अनुसार सिन्धुलीमा सबैभन्दा कम बेरुजु सुनकोशी गाउँपालिका र दुधौली नगरपालिकामा देखिएको छ । प्रतिवेदनमा सिन्धुलीका ९ स्थानीय तह मध्ये सुनकोशी गाउँपालिका र दुधौली नगरपालिकामा कम बेरुजु देखिएको हो ।
सुनकोशी र दुधौलीमा ०.२७ प्रतिशत मात्रै बेरुजु देखिएको छ, भने गोलन्जोर गाउँपालिकामा सबैभन्दा बढी २.६४ प्रतिशत बेरुजु देखिएको छ । यस्तै कमलामाई नगरपालिकामा ०.७५ प्रतिशत, तीनपाटन गाउँपालिकामा २.०६ प्रतिशत, मरिण गाउँपालिका १.८६ प्रतिशत, हरिहरपुरगढी गाउँपालिका १.२७ प्रतिशत, घ्याङलेख गाउँपालिकाको १.२० प्रतिशत र फिक्कल गाउँपालिकाको १.४४ प्रतिशत बेरुजू देखिएको छ ।
यस्तो छ, ९ पालिकाको बेरुजूः
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया