सिन्धुलीमा किशोरी सम्मेलन सम्पन्न

सिन्धुली । जनजातीय समाज विकास कार्यक्रम (जेएसडिपि) सिन्धुलीले प्लान इन्टरनेशनल नेपालको सहयोगमा जिल्लाका ६ वटा पालिकाका किशोरी र सरोकारवालाहरूको सहभागितामा “किशोरी सम्मेलन” आयोजना गरेको छ।

कार्यक्रममा जेएसडिपिका कार्यक्रम संयोजक कृष्ण कुमार राईले संस्थाद्वारा संचालित योजनाहरूबारे जानकारी दिए। प्लान इन्टरनेशनल नेपालका वेद प्रसाद भुर्तेलले यस सम्मेलनको उद्देश्य किशोरीहरूले भोग्नुपर्ने समस्याहरू उठाउनु, स्थानीय सरकारलाई किशोरीमैत्री नीति, कार्यक्रम र बजेट विनियोजनमा सचेत बनाउनु रहेको बताए।

जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाले किशोरीहरू देशको भविष्य भएकाले उनीहरूलाई सशक्त बनाउन बालबालिका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक रहेको जोड दिए। उपप्रमुख शान्ता कार्कीले किशोर अवस्थामा विवाहका दुष्प्रभाव र यसलाई रोक्न समुदायसँगै जागरूकता अभियान चलाउनुपर्ने बताइन्।

वागमती प्रदेश सभाकी सदस्य शुष्षा भुजेलले बालविवाह घटाउन यसको असर, रोकथामका उपायहरू विद्यालयी पाठ्यक्रममा समावेश गर्नुपर्ने माग गर्दै सरकारलाई नीति कार्यान्वयनमा पारदर्शी र जवाफदेही बन्न आह्वान गरिन्।

सम्मेलनमा बालविवाह न्यूनीकरणमा केन्द्रित चर्का, चेतनामूलक नाटक र लोकगीत प्रस्तुत गरिएको थियो। जेएसडिपि सिन्धुलीका उपाध्यक्ष प्रदिप लुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय प्रतिनिधि, बालक्लब, पत्रकार तथा सामाजिक कार्यकर्ताहरू उपस्थित थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर