गोलन्जोरमा ४.७१ करोड लागतका ३ स्वास्थ्य चौकी निर्माणाधीन, अध्यक्ष बरालले गरे अनुगमन

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा निर्माणाधीन ३ वटा स्वास्थ्य चौकी भवनको अनुगमन गरिएको छ । गाउँपालिकाको घोक्सिला, किराते र तीनकन्यामा निर्माण भैरहेको स्वास्थ्य चौकी भवनको गाउँपालिकाका अध्यक्ष शंकरराज बराल सहितको प्राविधिक टालिले निमार्ण कार्यको अनुगमन गरेको हो ।
ब्याक टु लाइफ इ भी जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ४ करोड ७१ लाख रुपैयाँ बराबरको लागतमा स्वास्थ्य चौकी निर्माण थालिएको हो । ब्याक टु लाइफको यस परियोजनाका स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा नामक गैरसरकारी संस्था रहेको छ ।
पालिकाका अध्यक्ष बरालले भवन निर्माणपछि उक्त स्वास्थ्य चौकी लाई आवश्यक पर्ने उपकरण जडान गरी गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण हुने र गाउँपालिकाले स्वास्थ्य चौकी सञ्चालन गर्ने बताए ।
भवन निर्माणसँगै यहाँका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास गरिएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया