निजामती कर्मचारी संगठन सिन्धुलीले मनायो स्थापना दिवस

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले आफ्नो स्थापना दिवस मनाएको छ । संगठनले आइतबार बिहान सिन्धुलीमाढीमा बिरुवा गोडमेल तथा मलजल गरेर स्थापना दिवस मनाएको हो ।
नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष डिल्ली सौगात घिमिरेको अध्यक्षता एवं नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय सदस्य पदम बहादुर मगरको प्रमुख आतिथ्ययतामा नापी कार्यालय र प्रमुख जिल्ला अधिकारीको सरकारी निवास अगाडी बीपी राजमार्ग किनारमा रहेका पुराना बिरुवामा गोडमेल तथा मलजल गरेर स्थापना दिवस मनाएको हो ।
निजामती कर्मचारी संगठन सिन्धुलीले हरेक वर्ष वैशाख ७ गते आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।
प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले लामो इतिहास भएको नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीको देशका हरेक परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै जनताले अनुभूत हुने गरी सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया