लदी पूजामा २ दिन सार्वजनिक विदा

सिन्धुली । माझी समुदायको विशेष पर्व लदी पूजाका अवसरमा सिन्धुलीको मरिण गाउँपालिकाले विदा दिने भएको छ । गाउँपालिकाले यहि फागुन १९ गते र २० गते दुई दिन विदा दिने निर्णय गरेको हो ।

नेपालको मध्यपहाडी, भित्री मधेश र तराईका जिल्लामा माझी समुदायको प्रमुख बसोबास छ  भने सिन्धुलीको मरिण, हरिहरपुरगढी, सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिका तथा कमलामाई र दुधौली नगरपालिकामा माझी समुदायको बसोबास रहेको छ । सुनकोशी, बागमती मरिणखोला र कमला नदी तथा खोला आसपासमा माझी जातिको बसोबास छ ।

परम्परादेखि नदी, खोलामा निर्भर माझीको पुख्र्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भए पनि यिनले हाल कृषि पेसालाई मुख्य पेसाका रूपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिको बसोबास प्रायः नदी किनारमा रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा माझीको जनसङ्ख्या एक लाख ११ हजार ३ सय ५२ रहेकोमा सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ बसोबास गर्छन् ।

साथै, बागमती प्रदेश सरकारले लदी पर्व मनाउन फागुन २० माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर