सिन्धुलीमा कारले ठक्कर दिँदा दुई जना घाईते

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ माथिल्लो बारामा कारले मोटरसाईकलाई ठक्कर दिँदा २ जना घाईते भएका छन् । आज (शुक्रबार) बिहान १० बजे काठमाण्डौबाट बिराटनगरतर्फ आउदै गरेको विएसि १९७९ नम्बरको कारले बर्दिबासबाट काठमाण्डौ जादै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा २ जना घाईते भएका हुन् ।
घाईते हुनेमा मोटरसाईकल चालक रामेछापको मन्थली नगरपालिका ५ का ३० बर्षीय सुर्य प्रसाद आचार्य र मोटरसाईक पछाडी सबार बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ बस्ने ३१ बर्षीय लोकनाथ वाग्ले रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरासीयाका अनुसार मोटरसाईकल चालक आचार्यको अवस्था गम्भीर र मोटरसाईक पछाडी सवार वाग्लेको अवस्था मध्यम रहेको छ ।
घाईते दुवै जनालाई उपचारका लागी शुभ–जिवन अस्पताल खुर्कोट पठाईएको र कार सहित चालकलाई नियन्त्रणमा लिईएको उनल बताए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया