आमा तथा कुपोषित बालबालिकालाई पोषणयुक्त खानेकुरा

१४ माघ २०८१, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका १४ का सुनौलो हजार दिनका आमा तथा कुपोषित बालबालिकाहरूलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । कमलामाई नगरपालिकाको आयोजनामा पोषण विशेष कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमा तथा कुपोषित बालबालिकाहरूलाई पोषण युक्त खानेकुरा वितरण गरेको हो ।

हिजो आइतबार एक कार्यक्रमका बिच उक्त वडाका १६ जना सुनौलो हजार दिनका आमा तथा कुपोषित बालबालिकाहरूलाई पोषण युक्त खानेकुरा वितरण गरिएको पोषण सहजकर्ता सुस्मिता खत्रीले जानकारी दिइन् । उनका अनुसार आमा तथा कुपोषित बालबालिकाहरूलाई पोषण युक्त खानेकुरा अन्तर्गत अण्डा, घिउ, चामल, गेडागुडी लगायतका खानेकुरा वितरण गरिएको छ ।

साथै, उनीहरूको सरसफाइलाई ध्यान दिन आग्रह गदै साबुन र तौलिया समेत वितरण गरिएको छ ।

नगरभित्रका बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूलाई कुपोषणबाट बचाउनमा लागी पोषण युक्त खानेकुरा वितरण गरिएको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेलले बताए ।

साथै, नगरपालिकाले बालबालिकाको स्वास्थ्य तथा सुरक्षित मातृत्वमा विशेष सहयोग गर्दै आगामी दिनमा कुपोषण जस्तो रोग लाग्न नदिन निरन्तर प्रयास गर्ने बताए छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर