ग्वाल्टार रेडक्रसको सभापतिमा पुनः कार्की निर्वाचित

सिन्धुली। नेपाल रेडक्रस सोसाइटी ग्वाल्टार उपशाखाको सभापतिमा पुनः ओम कुमार कार्की (गौरव) निर्वाचित भएका छन् ।  पौष १७ गते बुधवार भएको नेपाल रेडक्रस सोसाइटी ग्वाल्टार उपशाखा ग्वाल्टारको अधिवेशनले नयाँ कार्यसमिति चयन भएको हो ।

 

समितिको उपसभापतिमा जुनु केसी, सचिवमा दीपक थापा, कोषाध्यक्षमा कल्याण कार्की, उपसचिवमा लीला कुमारी दाहाल (बराल) , उपकोषाध्यक्षमा रञ्जना अधिकारी चयन भएको निर्वाचन अधिकृत पवन पाख्रिनले जानकारी दिए ।

 

यसैगरी सदस्यमा ईश्वरी बराल,  रमेश घिमिरे, मनोज कुमार श्रेष्ठ, लक्ष्मी पोख्रेल र ईन्द्र बहादुर पूर्वछाने चयन भएका छन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर