सिन्धुलीमा बेवारिसे शव फेला

सिन्धुली।जिल्लाको गोलन्जोर गाउँपालिका –७ खुर्कोटमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । खुर्कोट स्थित शुनकोशी नदिमा नाम, थर, वतन नखुलेको अन्दाजी ३५/४० वर्षीय पुरुषको सडे गलेको अवस्थामा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शवको दाहिने हातको हत्केलामा जय बगदई माता २ ठाँउमा लेखिएको, दुबै हातको नाडीमा रातो डोरोले बाँधिएको,माथि कपडा नभएको,तल कालो ट्रयाक लगाएकोे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक कार्य पूरा गरी शवलाई पोष्टमार्टमको लागि सिन्धुली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया