सिन्धुली तीन पालिका सङ्कटग्रस्त क्षेत्र घोषणा

सिन्धुली । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुलीका तीन पालिकाहरूलाई सङ्कटग्रस्त घोषणा गरेको छ ।

यसअघि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले बाढीपहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको उक्त बैठकले सिन्धुलीको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिका सहित १४ जिल्लाका विभिन्न पालिकालाई विपत् सङ्कटग्रस्त घोषणा गरेको हो ।

बाढी, पहिरो र डुबानबाट सबैभन्दा धैरै मानवीय तथा भौतिक क्षति भएका जिल्ला सिन्धुली सहित उपत्यकाको काठमाण्डौँ, ललितपुर, भक्तपुर लगायत पाँचथर, ओखलढुङ्गा, उदयपुर, सर्लाही, रौतहट, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्ला र ती जिल्लाका विभिन्न स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गरेको छ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर