नेपालथोक-भकुण्डेवेसी सडक खण्ड छिट्टै सञ्चालन गर्ने गरी लागेका छौ: हमाल

सिन्धुली । बाढीको कारण अवरुद्ध हुन पुगेको  बिपी राजमार्गको नेपालथोक–भकुण्डे सडक खण्डको नेपालथोक खण्डमा सवारी साधन सञ्चालनको लागि सडक डिभिजन कार्यालय खुर्कोटले प्रक्रिया अघि बढाएको छ ।

नेपालथोक खण्डमा करिब  सय मिटर सडक रोशी खोलाले बगाएको छ । सो स्थानमा रोशीलाई ड्राईभड गरेर सडक खुलाउने प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख (सि.डि.ई.) पारसमणि हमालले बताए ।

 

उनले माईशिरसँग भने,‘हामी छिटो भन्दा छिटो सडक सुचारु गराउने कार्यमा लागेका छौ, आजबाट काम अघि बढ्छ, रोशीलाई ड्राइभर्ट गरेर यातायात सञ्चालन गराउने काम हुनेछ । डिभिजनले सडक निर्माणको लागि आवश्यक मेसिन र जनशक्ति समेत सो खण्डमा परिचालन गरिएको बताएको छ ।

 

सो सडक खण्ड सञ्चालनमा आए पनि काभ्रेको कालोढुंगो नार्के, चौकी डाँडा लगायतको स्थानमा भने अवरुद्ध सडक सुचारु गर्न अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर