सेनाले डाइभर्सन बनाएपछि, नेपालथोक–खुर्कोट सडक पुनः सञ्चालनमा आयो!

सिन्धुली । निरन्तरको वर्षाका कारण सडक भासिएर अवरुद्ध बनेको नेपालथोक–खुर्कोट सडक खण्ड पुनः सुचारु भएको छ ।

सुनकोसी नदीको कटानले बिपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ कान ढुङ्ग्री नजिक आइतबार बिहान भासिएको सडक नेपाली सेनाले डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याएको हो।

सडक भासिएपछि उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने मुल्कोट-खुर्कोट सडक नेपाली सेनाले डाइभर्सन निर्माण गरेर वैकल्पिक रूपमा सञ्चलनमा ल्याएको प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शर्माले भने “सिन्धुलीमा रहेको नेपाली सेनाको भवानी बक्स गणका कर्णेल बद्री कुँवरको नेतृत्वमा डाइभर्सन निर्माण गरेका छौँ । हामी खुर्कोट देखि नेपालथोक सम्मको बाटो क्लियर गरेर त्यहाँ रहेका यात्रु तथा गाडीहरू सिन्धुलीतर्फ फर्काएर सुरक्षित रूपमा गन्तव्य पुर्‍याउन लागि परेका छौ ।”


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर