घ्याङ्लेख सहित कांग्रेसले जितेको उत्कृष्ट २१ गाउँपालिकालाई सम्मान

सिन्धुली । नेपाली कांग्रेसले उत्कृष्ट कार्य गर्ने २१ वटा  स्थानीय तहलाई सम्मान गरेको छ।

बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो कार्य गरेका  पालिकाहहरूलाई सम्मान् गरेका हुन् ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा सिन्धुलीको घ्याङ्लेख गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकाल निर्वाचित जगत बहादुर भोलन सहित देश भरका २१ वटा गाउँपालिका र नगरपालिकालाई सम्मान गरेका हुन्।

आर्थिक वर्ष २०७९/८०मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (Fiduciary Risk Assessment- FRA) मा नेपाली काँग्रेसले नेतृत्व गरेका घ्याङ्लेख गाउँपालिका ९२ अंक सहित गाउँपालिका तर्फ  उत्कृष्ट बनेको छ। दैलेखको महाबुगाउँपालिका ९१.५ अंक सहित दोस्रो र गुल्मीको मदाने गाउँपालिका ९१ अंक प्राप्त गरेर तोस्रो भएको छ।

सिन्धुलीको घ्याङ्लेख गाउँपालिका नेपाली कांग्रेसले जितेका कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिकालाई पछि पार्दै देशमा नै  उत्कृष्ट भएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर