हरिहरपुरगढीमा चट्याङ लागेर एक महिलाको मृत्यु

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ शिखरकी छली माया तामाङको चट्याङ लागेर मृत्यु भएको हो । हरिहरपुरगढी गाउँपालिका– ३ माढी  खेतमा खेतमा धान गोडिरहेकी थिङलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङ लागेर अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा हरिहरपुरगढी–१ शिखर बस्ने  ४० वर्षीय लुकुमाया रुम्बा र उनकी छोरी १८ वर्षीय सुशीला रुम्बा रहेकी छिन् ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर