बन्चरो प्रहार गरि छोराले गरे बाबुको हत्या

सिन्धुली । सिन्धुलीमा छोराले बन्चरो प्रहार गरि बाबुको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका ७ पन्चचौरी स्थित लामपाते बस्ने अन्दाजी २१ बर्षीय अमृत घिमिरे (बि.क)ले आफ्नै अन्दाजी ५८ बर्षीय बाबु लाल बहादुर घिमिरे (बि.क.) को हत्या गरेका हन् ।
हिजो राती साढे आठ बजेको समयमा माईला छोरा अमृतले सुतेकै स्थानमा गई बन्चरोले टाउकोमा प्रहार गर्दा बुवा लाल बहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कट्वालले जानकारी दिए ।
बन्चरो प्रहार गर्ने अमृतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको र लालबहादुरको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याईएको जनाईएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया