सिन्धुलीमा पिकअपले ठक्कर दिँदा, मोटरसाइकल चालकको मृत्यु

सिन्धुली । पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका-१ बिपी राजमार्गमा बिहीबार पिकअपले ठक्कर दिँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका-५ बस्ने ३५ वर्षीय गणेश रायको मृत्यु भएको हो ।

सर्लाहीबाट  काठमाडौँ जाँदै गरेका रायलाई काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २०२००१ च ०४८७ नम्बरको पिकअपले ठक्कर दिएको थियो।

ठक्कर दिँदा गम्भीर घाइते भएका चालक गणेश राय र धिरेन्द्र ठाकुरलाई उपचारका लागी धुलिखेल पठाइएको थियो । उपचारको क्रममा चालक रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिए।

पिकअप र  चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर