उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक ! गाउँपालिका अध्यक्ष थाइल्याण्ड

झन्झने । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले उपाध्यक्ष हुँदाहुँदै, वडा अध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएको यतिबेला चर्चाको विषय बनेको छ।    वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर वाइबा भने विदेश भ्रमणमा निस्किएका हुन्।

हरिहरपुरगढी गाउँपालिका- ४ का वडाअध्यक्ष कमल कुमार राईलाई कार्यवाहक गाउँपालिका अध्यक्ष दिएका हुन् । उपाध्यक्ष चेखबहादुर कार्यालयमा दैनिक गइरहेका थिए ।तर, माओवादीबाट निर्वाचित अध्यक्ष वाइबाले नेपाली काँग्रेसबाट निर्वाचित थिङलाई स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यवाहक अध्यक्ष दिनुपर्नेमा वाईबाले वडाध्यक्षलाई दिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मै अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक दिनुपर्ने कानुनी व्यवस्थाको गाउँपालिका अध्यक्षले उल्लङ्घन गरेका छन् । यसरी  गाउँपालिका उपाध्यक्ष र उपमेर हुँदाहुदै वडाअध्यक्षलाई कार्यवाहक बनाएको झापाको कमल गाउँपालिका , झापाकै शिवसताक्षी नगरपालिका,पश्चिम नवलपरासीको पाल्हिनन्द गाउँपालिका लगाएतमा उच्च अदालले खारेज गरेका नजिरहरू रहेका छन्।

यस बिषयमा माईशिर डटकमसँग गाउँपालिका उपाध्यक्ष चेखबहादुर थिङले भने,  “म गाउँपालिकामा नै कार्यरत छु।तर,गाउँपालिका अध्यक्ष ज्यूले वडा अध्यक्षलाई कार्यवाहक दिनुभएर विदेश जानुभएको  कुरा त! मैले  सामाजिक संजालबाट थाहा पाएँ।”  मलाई राजनैतिक पुर्वाग्राही भएर कार्यवाहक नदिनु भएको होला।उनले भने।

गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले पनि २०८० भदौ ३ गते ७५३ वटै स्थानीय तहमा संयुक्त सर्कुलर जारी गर्दै सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भए उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिन निर्देशन दिएको थियो।

गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबा मात्र होइन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पैकरा लगायत कर्मचारीहरू थाइल्याणडमा छन्।

 

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर