सिन्धुली दुर्घटना अपडेटः मृतक र घाईतेको पहिचान खुल्यो !

२५ माघ २०८१, सिन्धुली । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।
कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी बीर अस्पताल रिफर गरिएको छ । भने, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्कालाई हेलीमार्फत ग्राण्डी अस्पताल लगिएको छ । त्यसैगरी मोरङ लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बू, इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ,झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते धरान स्थित घोपा क्याम्प रिफर गरिएको प्रहरीले जनाएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया