फिक्कल मावि सोल्पाठानाका ३ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

२४ माघ २०८१, सिन्धुली । फिक्कल मावि सोल्पाठानाका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।  भूतपूर्व विद्यार्थीहरूको सहयोगमा बिहीबार फिक्कल मावि सोल्पाभञ्ज्याङ्गमा अध्ययनरत ३ सय जना विद्यार्थीहरूलाई  न्यानो कपडा वितरण गरिएको हो । जाडोको मौसममा विद्यार्थीहरूलाई ठन्डीबाट बचाउन ट्रयाकसुट  टिसर्ट वितरण गरिएको थियो ।

कार्यक्रममा फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगर विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, विद्यार्थी अभिभावकहरू र स्थानीय नेताहरू उपस्थित थिए। प्रधानाध्यापक नरेश पहाडीले यो पहलले विद्यार्थीहरूको शैक्षिक प्रगतिमा ठुलो भूमिका खेल्ने बताउँदै सहयोगीहरूलाई आभार व्यक्त गरे। उनले यस्ता सामाजिक पहलहरूले समुदायमा एकताको भावना बढाउने बताए।

विद्यार्थीहरूले पाएका न्यानो कपडाहरूले उनीहरूलाई जाडोमा न्यानो दिने र शिक्षा प्रति अझ बढी प्रेरित गर्ने अपेक्षा गरिएको छ। यसरी समुदायले विद्यार्थीहरूको शिक्षा र कल्याणमा ध्यान दिँदै आउनुले सकारात्मक सन्देश दिएको छ।  यो कार्यक्रमले विद्यार्थीहरूको जीवनमा ठुलो फरक पार्ने र समुदायमा सहकार्यको महत्त्व बुझाउने काम गरेको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर