घोक्सिलामा साढे नौ करोडको पुल बन्ने, गाउँपालिका अध्यक्ष बरालले गरे शिलान्यास !

सिन्धुली । गोलन्जोर गाउँपालिका स्थित घोक्सिला खोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । गोलन्जोर गाउँपालिका-६ घोक्सिलामा  निर्माण हुन लागेको पुलको गाउँपालिका अध्यक्ष शंकर राज बराले पौष ८ गते सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।

पुलको शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बरालले  त्यस क्षेत्रको नागरिकलाई बाह्रै महिना सहज यात्राका लागि सघाउ पुर्‍याउने बताए । पुलले गाउँपालिका भित्रका घोक्सिला, छेत्पा सहित वैकल्पिक मार्ग हुँदै नयाँखर्क, नाकाजोली र हैबार जोड्ने छ ।

गाउँपालिका अध्यक्ष बरालले भने ‘यो ठाउँमा पुल नहुँदा हामीले बर्खामा धेरै नै दुःख पाएका थियौँ । भोगेको थिएँ। देखेको थिएँ । त्यही कुरालाई मनन गरेर म गाउँपालिका अध्यक्ष निर्वाचित भए देखि नै बागमती प्रदेश सरकारसँग पुल निर्माणका अहोरात्र पहलकदमी गरिरहेँ । त्यसैले सम्भव भएको छ ।’

उनले पुलको अपरिहार्यता र आवश्यकतालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो गुणस्तरीय पुल निर्माण गर्न निर्माण कम्पनीलाई ध्यानाकर्षण गराए। ‘यो क्षेत्रको जनताको लागि पुलको आवश्यकतालाई ख्याल गरेर छिटो पुल निर्माण गर्नुहोला ।,’ निर्माण कम्पनीतर्फ लक्षित गर्दै उनले भने,‘पुल बनाउने मात्र होइन गुणस्तरीय पनि बनाउनुपर्छ, त्यसमा पनि ख्याल गर्नुहोला ।’

बागमती प्रदेश  भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुली र श्रृजना निर्माण सेवा, सिन्धुली २०८१ जेठ १४ गते नौ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसा सम्झौता भएको ७० मिटरको  मोटरेवल पुल निर्माण कार्य आगामी १८ महिनाभित्र सम्पन्न हुनेछ ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द कान्त चौधरी, एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश बराल, श्रृजना निर्माण सेवा प्रतिनिधि उद्धव दाहाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर