सिन्धुलीमा कांग्रेसको सय दिने अभियानः ‘सदस्यता घर-आँगन’

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले सिन्धुलीमामा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमलाई खटाएको छ ।

 

अभियानका लागि सिन्धुली कांग्रेसले पूर्वसभापति महासमिति, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारी तथा सदस्य समेतलाई ९ स्थानीय तहका ७९ वटै वडाका लागि प्रतिनिधि खटाएको नेपाली कांग्रेस सिन्धुलीका सहसचिव विष्णु कार्की ‘बिग्रह’ ले माईशिर डटकमलाई जनाकारी दिए ।

 

सय दिनको अभियानका क्रममा अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ । पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान सञ्चालनलाई प्राथमिकता दिइएको सहसचिव कार्कीले बताए ।

 

तीन महिना सञ्चालन हुने अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ । अभियानको क्रममा आउदो मंसिर २० गते जिल्लाको सम्पूर्ण वडामा एकै दिन वडा भेला आयोजना गरिएको छ । वडामा हुने भेलाको एक संयोजक सहित सात देखि दस जना सदस्य सहितको प्रतिनिधि समूह खटाइएको छ ।

 

२० गते पछि चरणबद्ध पालिका, क्षेत्र, प्रदेश र जिल्ला स्तरको बिबिध कार्यक्रम तय गरिएको कांग्रेस सिन्धुलीले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर