कारको ठक्करबाट गम्भीर घाइते कार्कीको हेलीमार्फत ग्राण्डी रिफर

सिन्धुली। सिन्धुलीमा कारको ठक्कर बाट गम्भीर घाइते भएका रमेश कार्की लाई काठमाण्डौंको ग्राण्डी अस्पताल रिफर गरिएको छ ।
बिपी राजमार्ग अन्तर्गत कमलामाई– ८, सिस्नेरीमा सुनसरीबाट काठमाडौँ तर्फ आउँदै गरेको बीएमजी ३१४९ नम्बरको कारले पैदल यात्री कार्कीलाई ठक्कर दिएको थियो
कारले बिहान करिब ११ बजे आफ्नै घर अगाडी ठक्कर दिएर गम्भीर घाइते भएका कार्कीको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि काठमाण्डौंको ग्राण्डी अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
यसैगरी, ठक्कर दिने कार चालक सुनसरी जिल्ला दुहबी नगरपालिका -५ का ६१ वर्षीय ओमराज गिरी घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।